अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले चार वटा प्रतिवेदन पेस गर्ने

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले चार वटा प्रतिवेदन पेस गर्ने


काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८-०७९ सदनमा पेस गर्नेछन् । 

त्यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको  वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।