अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो बन्दै छ भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन

यस्तो बन्दै छ भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन


चितवन – भरतपुरमा करिब दुई अर्ब रुपैंयाँ लागतमा टर्मिनल भवन शिलान्यास भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ वर्षमा बन्ने गरी आज (बिहीबार) भवनको शिलान्यास गर्नुभएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ।
प्राधिकरणले चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो । प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन् । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सहितका हुने छन् ।

भरतपुरमा ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलमा अत्याधुनिक टर्मिनल भवन बनाउने योजना छ । विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी भरतपुर विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना छ ।

Skip This