काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन सरकारको कुनै गन्तव्य नै नभएको टिप्पणी गर्नुभएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार कहाँ पुग्ने र केका लागि बनेको हो भन्नेसमेतमा अलमल रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारको एउटा गन्तव्य हुनु पर्दछ । कहाँ पुग्ने हो ? केका लागि बनेको हो ? त्यो केही पनि छैन ।’
अहिलेको सत्ता गठबन्धनले देशलाई लामखुट्टेलेझैं चुसिरहेको अध्यक्ष ओलीले आरोप लगाउनु भयो । सत्ता गठबन्धनका गतिविधिका कारण देश निरन्तर ओरालोतर्फ लागेको भन्दै उहाँले सञ्चार माध्यमलाई सजक रहन आग्रहसमेत गर्नुभयो ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘नितन्त अवसरको फाइदा लिएर, एक ढंगले भन्ने हो भने हाड छालामात्रै रहेको देशबाट सिरिन्ज घुसारेर लामखुट्टेले जस्तो रगत निकाल्न खोजिएको छ । जसले देशलाई अझ ओरालोतर्फ लगेको छ। यस्तो परिस्थितिमा सञ्चार क्षेत्रको असाधरण महत्व छ ।’




प्रतिक्रिया