काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले गरेको दश वर्षे आन्दोलन जनयुद्ध नभएर हिंसा भएको टिप्पणी गर्नुभएको छ ।
आज काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनयुद्धको आफू सबै विरोधमा रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘जनयुद्धको मैले लगातार विरोध गरेको छु। माओवादीले गरेको जनयुद्ध नै होइन । त्यो जनयुद्ध होइन, हिंसा हो। जनयुद्ध भए सफल हुन्थ्यो। जनयुद्ध भए व्यवस्थापन गर्न पर्दैनथ्यो। त्यो नेताको के स्वार्थ थियो। कार्यकर्तालाई महान् परिवर्तन ल्याइन्छ भनेर सेन्टिेमेन्टमा लगाइएको थियो । उनीहरुको दोष छैन । तर नेताहरुले जे गरे त्यो जनयुद्ध थिएन । जनयुद्ध त्यसलाई भनिदैन त्यो एउटा हिंसा थियो । त्यस हिंसाले द्धन्द्ध जन्मायो। दुखद् परिणाममा देश पुग्यो ।’




प्रतिक्रिया