काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन हुँदैन । आम नागरिकहरु बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु हुँदैन ।’
अध्यक्ष ओलीले भन्नुभयो , ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ । दोस्रो अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाईकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनुहुँदैन मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ । मिटरब्याजमा पैसा लिएपछि दिनेले असुल गर्ने प्रयास त गर्ने नै भयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैं पनि सचेत हुनुपर्छ ।’
अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताउनु भयो । उहाँले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताउनु भयो ।




प्रतिक्रिया