अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी हाफ म्याराथन, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

लुम्बिनी हाफ म्याराथन, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


सिद्धार्थनगर – रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता हुनेभएको छ। अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा राष्ट्रिय भेला तथा प्रतियोगिता हुनेछ।

सो कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। 

लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्याराथनको दूरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेहरूले २० चैतसम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ। 

म्याराथन प्रतियोगितामा जिल्ला बाहिरका सहभागी खेलाडीलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताउनुभयो । म्याराथुनतर्फ प्रथम हुने पुरुषले एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् । 

त्यसैगरी पाँचौँ हुनेलाई २० हजार, छैंठौ हुनेलाई १० हजार, सातौँ हुनेलाई ७ हजार, आठौँ हुनेलाई पाँच हजार, नवौँ र दशौं हुनेलाई पाँच–पाँच हजार दिने उहाँले बताउनुभयो ।

त्यसैगरी महिलातर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौँ हुनेलाई २० हजार, छैटौँ हुनेलाई १० हजार, सातौँ हुनेलाई ७ हजार, आठौँ, नवौँ र दशौं हुनेलाई पाँच–पाँच हजार दिने आयोजकको भनाइ छ । प्रतियोगितामा सयौँको सहभागिता रहने आचार्यको भनाइ छ । २०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दैआएको छ ।

Skip This