अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गतिशील राष्ट्रलाई दक्ष जनशक्तिको आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

गतिशील राष्ट्रलाई दक्ष जनशक्तिको आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडाैँ – प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहने बत्ताउनुभएको छ।

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह बोल्नुहुँदै उहाँले त्यसका लागि विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवम् अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिन आवश्यक रहेको बत्ताउनुभएको हो।

‘विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ,’ उहाँले भन्नुभयो,  ‘प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ ।’

Skip This