अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट दायर

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट दायर


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ।

आज सिन्धुलीका युवराज पौडैल ‘सफल’ले सर्वोच्चमा रिट दायर गर्नुभएको हो।

सर्वोच्चले उक्त रिट अध्ययन गरिरहेको र केही दिनमा सम्पर्क गर्न भनेको रिट निवेदक युवराज सफलले बताउनु भयो । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ।

रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो । तर, प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।

रवि लामिछाने २०७० फाल्गुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिनु भएको थियो । लामिछानेलाई कार्यबाही गरी पाउन गत २०७९ माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए।