अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रविलाई गोकुल बास्कोटाको प्रश्न: नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ?

रविलाई गोकुल बास्कोटाको प्रश्न: नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ?


चितवन – नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले रवि लामिछानेलाई नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? भन्दै प्रश्न गर्नुभएकाे छ। 

चितवन-२ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद दिनुभयाे। 

चितवन-२ मा एमालेलाई नजिताउँने हो भने केही समयपछि उही कथा दोहोरिने भन्दै रवि लामिछानेविरुद्धको अर्को मुद्दातर्फ संकेत गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘सबैलाई थाहा भइसक्यो एउटै दल सत्तामा पनि हुन्छ, त्यही दल प्रतिपक्षमा पनि हुन्छ । त्यही दल एउटा सरकार बन्दा पनि हुन्छ, त्यही दल अर्को बन्दा पनि हुन्छ । निष्ठाको राजनीति गर्छु भन्नेहरूले झुट बोलेको पनि देखियो, थ्याङ्क्यु त्यही भएर पाँच महिनामै पुनः परीक्षण हुन पर्‍यो । अब प्रश्न गर्नुपर्छ सत्तासँग के साटेको ? के को लागि के साटेको ? केसित के साटेको त्यही भएर सत्तासँग टाँसिएको ? आँट रहेछ ? हिम्मत रहेछ ? त्यसैले चर्का कुराको काम छैन ।’

​​​​​​​