अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री र सचिवको सुराकी खर्च काटियो

गृहमन्त्री र सचिवको सुराकी खर्च काटियो


काठमाडौं – सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च गर्न पाउने अधिकार खारेज गरेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले बिलभर्पाइ पेश गर्न नपर्ने गरी गृहमन्त्री र सचिवले खर्च गर्न पाउने अधिकार कटौती गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
‘गृहमन्त्री र गृह सचिवले हिसावकिताव देखाउन नपर्ने गरेर जासुसी परिचालनका लागि खर्च गर्ने जुन हाम्रो कार्यविधि थियो । त्यो कार्यविधि खारेज गरिएको छ’ मन्त्रिपरिषद बैठकपछि शर्माले भन्नुभयो ।

सुराकी खर्चवापत हाल गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २० हजार रुपैयाँ खर्च गर्न पाउँछन् । तजविजी अधिकारको दुरुपयोग भएको भनी प्रश्न उठेपछि सरकारले यस्तो निर्णय गरेको हो । यसअघि गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ शुक्रबार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले खर्च कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेका थिए ।
२०५० सालदेखि गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा यस्तो खर्च गर्ने सुविधा पाएका थिए ।

Skip This