अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशीसामु लम्पसार पर्ने व्यक्ति प्रचण्ड र माधव नेपाल हुन्: पृथ्वीसुब्बा गुरुङ

विदेशीसामु लम्पसार पर्ने व्यक्ति प्रचण्ड र माधव नेपाल हुन्: पृथ्वीसुब्बा गुरुङ


नवलपुर – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पुरानो कार्यशैलीबाट कम्युनिष्ट पार्टी अघि नबढ्ने बताउनुभएको छ। 

नेकपा एमाले देवचुली नगर कमिटी नवलपुरले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले नियमित बैठक, भेला समेत नहुने कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउनुभयो । पद लोलुप, महत्त्वाकाङ्क्षी र गैर कम्युनिष्ट चरित्रका नेताहरू एमाले छाडेर गएकाले अब पार्टीलाई व्यवस्थित बनाएर लैजानु पर्ने उहाँले बताउनुभयो । 

भारतले नेपालका राजनीतिक शक्तिलाई सधैँ आफ्नो नोकर बनाएर राख्न चाहेको गुरुङले बताउनुभयो । नेकपा एमाले बलियो बनेपछि भारतको सो प्रवृत्तिको विरोध जनाएको गुरुङले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हेपाहा प्रवृत्तिको विरुद्ध झुक्नु हुन्न भनेर हाम्रो पार्टीले प्रतिवाद गर्‍यो ।’ 

भारतले नेपाली भूमि चीनको विरुद्ध प्रयोग गर्न चाहेको गुरुङले बताउनुभयो । भारतको यस कार्यको खुलेर विरोध जनाउने पार्टी नेकपा एमाले मात्र भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सारा नेपालीको स्वाभिमान बोकेको एक मात्र पार्टी हाम्रो पार्टी मात्रै छ ।’

सारा देशी विदेशी शक्ति एक भएको बेला नेकपा एमाले चुनावमा गएको उहाँले बताउनुभयो । त्यस्तो अवस्थामा पनि नेकपा एमाले देशी विदेशी शक्तिले सोचे भन्दा धेरै बलियो पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली जनताको मायाको कारण नेकपा एमाले पहिला दल बन्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिका, भारतको मूल्याङ्कन भन्दा नेकपा एमाले धेरै माथि रहेछ ।’

नेकपा एमाले जनताले विश्वास गरेको पार्टी भएकोले सबैभन्दा राम्रो र बलियो पार्टी बनाउने अभियानमा एमाले लागेको उहाँले बताउनुभयो । सबै वर्ग, क्षेत्र, उमेर समूहको आकर्षणको पार्टी नेकपा एमाले बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा एमालेका समाजवादमा पुग्ने मूल पक्ष भएको उहाँले बताउनुभयो । त्यसको लागि दलाल पुँजीवादको अन्त्य गरेर राष्ट्रिय पुँजी निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेकपा एमाले मुलुकलाई बलियो बनाउन चाहने र अन्य शक्ति देशलाई कमजोर बनाउन चाहने शक्ति भएको उहाँले बताउनुभयो ।

प्रचण्ड लगायतका आफूलाई कम्युनिष्ट भन्नेहरू विदेशीले जे भन्यो त्यही गर्ने दलालहरू भएको उहाँले बताउनुभयो । कम्युनिष्टको नाममा विदेशी सामु सबैभन्दा बढी लम्पसार पर्ने व्यक्त प्रचण्ड भएको उहाँले दाबी गर्नुभयो । माओवादी सकिने पार्टी भएको बताउँदै उहाँले सकिने बेलासम्म कति दुःख दिन्छ भन्ने कुरा चिन्ता रहेको गुरुङले बताउनुभयो । 

Skip This