काठमाडौं – काठमाडौंको कपनस्थित सरस्वतीनगरमा एक महिलामाथि चक्कु प्रहार भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी महिलामाथि चक्कु प्रहार भएको हो।
उनको अवस्था गम्भीर भएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ।
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया