अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल

आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल


काठमाडौं – प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ।

काउन्सिलले आज  विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न÷नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई आज २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुने गरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो ।

काउन्सिलले सञ्चारमाध्यम, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ र  मर्यादितरूपमा सम्पन्न गर्न सघाउन आग्रह गरेको छ ।

Skip This