अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक


काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ। 

प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’, नवराज रिजालको ‘मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ’, विष्णु प्रभातको ‘नेपाली संस्कृतिको विवेचना’, नन्दु उपे्रतीको ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’, डा देवी क्षेत्री दुलालको ‘नेपालका प्रमुख राजनीतिक विचारक र विचार धारा’ पुस्तक प्रदर्शनीमा राखिएको छ। 

यसैगरी, सम्पादक वीरबहादुर महतोको ‘मगही भाषाके प्रतिनिधि कविता’, प्राडा कृष्णप्रसाद पौड्यालको ‘चितोनियाँ थारू भाषाको व्याकरण’, लेखक रमेश सुवेदी र सम्पादक प्रा केशव सुवेदी रहेको ‘रापती क्षेत्रका स्रष्टाहरुको शब्द चित्र’, डा विष्णु न्यौपानेको ‘नेपाली कथामा उखानको प्रयोग’, प्रधान सम्पादक डा ध्रुवप्रसाद भट्टराई रहेको ‘नेपाली लोकवार्ता कोश’, नर्मदेश्वरी सत्यालको ‘नेपाली लोक परम्परामा महिला’, डा टङ्क उप्रेतीको ‘सन्थाली लोकगीत’ पुस्तक पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । 

यस्तै, डा पुष्करराज भट्टको ‘नेपाली लघु कथाका प्रवृत्तिहरु’, डा नवराज कट्टेलको ‘पण्डित दधिराम पौडेलका व्याकरणात्मक कृतिहरुको अध्ययन’, डा माधवप्रसाद लामिछानेको ‘पशुपति क्षेत्रका शक्तिपीठ र तत्सम्बद्ध जात्राहरु’ र अनुवादक कृष्णप्रसाद शर्मा घिमिरेले अनुवाद गर्नुभएको ‘श्रीमद्वाल्मीकिरामायण’ को पुनर्मुद्रण गरिएको पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । यही वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तकहरुमा १५ देखि ४० प्रतिशतसम्म सहुलियत दिइएको छ।

प्रज्ञा–प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरु पनि प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशनका पुस्तकमा भने २५ प्रतिशतसम्म छुट दिइएको छ । पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उहाँले बताउनुभयो । प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पुस्तक प्रदर्शनीबाट वार्षिक रु ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ ।

Skip This