अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आचारसंहिता अनुगमनमा आयोगको विशेष टोली परिचालन

आचारसंहिता अनुगमनमा आयोगको विशेष टोली परिचालन


काठमाडौं – निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आचारसंहिता कार्यान्वयनको अनुमगन गर्न विशेष टोली परिचालन गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गर्दै आचारसंहिता पालना गराउन विशेष संयन्त्रमार्फत् सुक्ष्म अनुगमन गराउने व्यवस्था मिलाइएको जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट उपनिर्वाचन हुन गइरहेका सम्बन्धित जिल्लाका जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।