अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छः झलनाथ खनाल

कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छः झलनाथ खनाल


काठमाडौं-नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताउनुभएको छ।

आज काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिनुभएको हो । उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताउनु भयो ।

सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनु भयो । उहाँले हरेका कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताउनु भयो ।

Skip This