अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा महेन्द्र पाण्डे सर्वसम्मत

मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा महेन्द्र पाण्डे सर्वसम्मत


काठमाडौं – मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पूर्व परराष्ट्रमन्त्री एवं पूर्वराजदुत महेन्द्र बहादुर पाण्डे सर्वसम्मत चुनिनु भएको छ।

आज बसेको फाउण्डेसनको केन्द्रीय कमिटीको तेश्रो पूर्ण बैठकले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा  चयन गरेको फाउण्डेसनका कोषाध्यक्ष चिन्तामणी भट्टराईले जानकारी दिनुभयो।  

पाण्डेले सुशील कोइरालाको सरकारमा परराष्ट्र मन्त्रीको भूमिका निर्वाह गर्नुभएकाे थियाे । उहाँले  चीनको  राजदुतकाे भूमिकासमेत निभाउनु भएकाे थियाे ।  पाण्डेले त्रिभुवन विश्वविद्यालयमा २० वर्षसम्म अङ्ग्रेजी विषयमा प्राध्यापक रुपमा समेत काम गर्नुभएको छ ।  यसअघि फाउन्डेसनको अध्यक्ष उषा किरण भण्डारी हुनुहुन्थ्यो ।