अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा लुम्बिनीमा सरकार बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश

एमालेद्वारा लुम्बिनीमा सरकार बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश


दाङ – नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतमा सरकार गठनका लागि दावी पेश गरेको छ । एमाले संसदीय दलका नेता तथा कामचलाउ हुनुभएका मुख्यमन्त्री लिला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गर्नु भएको हो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको दावी पेश गरिएको हो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकारले बहुमत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढल्न पुगेको छ । त्यसपछि एमालेले ठूलो दलको हैसियतमा सरकार गठनको दावी पेश गरेको हो ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । जसमा नेकपा एमालेका २९ सांसद छन् । नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ छन् ।