अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डाक्टरको घरमा वीर अस्पतालकी नर्स मृत फेला

डाक्टरको घरमा वीर अस्पतालकी नर्स मृत फेला


काठमाडौं – काठमाडौंमा एक नर्स झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।  शनिबार राति बोहराटारस्थित डा. सुजन ढकालको घरमा ३४ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ।

वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी श्रेष्ठ शनिबार डा.ढकालको घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन‍्। डा.ढकाल कान्तिबाल अस्पतालमा कार्यरत छन्।

डा.सुजन ढकालको घरमा अनुमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार सुजनको घरमा बुवा आमा मात्रै हुनुहुन्थ्यो । सुजन दुई महिनादेखि काठमाडौं बाहिर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मृत फेला परेपछि सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ। अनुमा र डा.सुजन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ।

Skip This