अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायती राजाको राज्याभिषेकमा २२०० भन्दा बढी पाहुना 

बेलायती राजाको राज्याभिषेकमा २२०० भन्दा बढी पाहुना 


काठमाडौँ-बेलायतका नयाँ राजा चार्ल्सको आउने शनिबार राज्याभिषेक हुँदैछ।

समाचार संस्था रोयटर्सका अनुसार उक्त राज्याभिषेक समारोहमा संसारभरिबाट २२०० भन्दा बढी पाहुना सहभागी हुने भएका छन्।

वेस्टमिनिस्टर अबेमा हुने राज्याभिषेक समारोहमा २०३ देशका राष्ट्र/सरकार प्रमुख, परराष्ट्र मन्त्री सहभागी हुने बकिङहम प्यालेसले जनाएको छ।

विभिन्न धार्मिक र सामाजिक संस्थाका प्रतिनिधि पनि राज्याभिषेकमा सहभागी हुनेछन्।

नेपालका तर्फबाट राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्। त्यसका लागि उनी बिहीबार बेलायत प्रस्थान गर्दैछन्।

महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स बेलायतका राजा बनेका हुन्।

एलिजावेथको राज्याभिषेक सन् १९५३ मा यही ठाउँमा भएको थियो। त्यतिबेला ८२०० भन्दा बढी पाहुना राज्याभिषेकमा सहभागी भएका थिए।-एजेन्सी 

Skip This