अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने घोषणा : होर्मुज जलमार्ग खोल्ने तयारी

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने घोषणा : होर्मुज जलमार्ग खोल्ने तयारी


काठमाडौं – फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ ।
वार्ताको मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले वक्तव्य जारी गर्दै सम्झौता सम्पन्न भएको जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्रुथ सोसलमार्फत इरानसँग सम्झौता भएको बताएका छन् । यस्तै, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले समेत सम्झौता भएको पुष्टि गरेका छन् ।

यसैबीच बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका, इरान तथा क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने बताएका छन् ।

सम्झौताका प्रमुख मध्यस्थमध्ये एक रहेका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेखेका छन्, ‘लामो वार्तापछि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गर्न पाउँदा हामी खुशी छौं । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन् ।’

सम्झौताको घोषणा भएपछि एसियाली बजारमा तेलको मूल्य घटेको छ । साथै विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलघाँटी पुनः सञ्चालनको तयारी सुरु भएको बताइएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जी–७ शिखर सम्मेलनमा होर्मुज जलघाँटीलाई दीर्घकालीन रूपमा खुला राख्ने विषयमा छलफल हुने बताएका छन् ।

Skip This