अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने पूर्वमन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने पूर्वमन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ


काठमाडौँ-नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा   संलग्न इन्द्रजीत राई पक्राउ परेका छन् । 

पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार समेत रहेका राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न हुँदै आएका थिए ।  ‘बादल’ गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार थिए ।  

यो प्रकरणमा प्रहरीले यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ गरेको थियो । 

Skip This