काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने बताउनु भएको छ।
उहाँले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफैँ बेहोर्ने बताउनु भएको हो ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको बताउनु भएको छ। ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयमले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गर्नुभएको थियो ।







प्रतिक्रिया