अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी

इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी


काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका इन्द्रजित राईका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी  जारी भएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न रहेको आरोपमा राईका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ। सोही घटनामा राईका छोरा निरजको पनि संलग्नता देखिएकाले जिल्‍ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर  थापा (बादल) का सुरक्षा सल्लाहकार राईलाई आज बिहान पक्राउ गरेको हो।

यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल,टंककुमार गुरूङ,सानु भट्टराई र सागर राईलाई  पक्राउ गरिसकेको छ।  ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ ।