काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ।
सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गर्नुभएको छ।
“नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु”, सभामुख घिमिरेले जारी गर्नुभएको शुभकामनामा भनिएको छ, “अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु ।”
उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट ९युएई० लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।




प्रतिक्रिया