अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनिर्वाचित सांसद उपेन्द्र यादवद्वारा शपथ

नवनिर्वाचित सांसद उपेन्द्र यादवद्वारा शपथ


काठमाडौँ – नवनिर्वाचित सांसद तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाउनु भएको हो। 

चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले यसअघि वैशाख १५ गते नै शपथ लिइसक्नुभएको छ।

उपेन्द्र यादव यसअघि गत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को प्रतिस्पर्धामा जनमत पार्टीका अध्ययक्ष डा. सीके राउतसँग पराजित हुनु भएको थियो।

Skip This