अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई बदनाम गर्न महालेखा पछि लाग्यो: अध्यक्ष ओली

एमालेलाई बदनाम गर्न महालेखा पछि लाग्यो: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महालेखा नेकपा एमालेलाई बदनाम गर्न एमालेको पछि लागेको आोरोप लगाउनु भएको छ।

आज ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेको विकास नदेख्ने सवै तत्वहरु विरोधमा उत्रेको बताउनु भएको हो । उहाँले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्राविरुद्ध प्रतिकृयावादी तत्वले हमला गरेको छ, जनतामा भ्रम फिजाउने काम गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसावकिताब होइन, दमकमा एउटा विशाल विजनेश कम्प्लेक्स बनाइएको छ। साढे ७ रोपनी जमिनमा १८ तला भवन बनेको छ ।’

अध्यक्ष ओलीले धरहराजतिको अग्लो, ४५ मिटर मुनिबाट जग खनेर बनाएको उक्त टावर गजुर राख्दा एकसय मिटर हुने तर त्यसमा अनेकन व्यापार विजनेश गर्न सकिने भएपनि त्यसलाई महालेखाले किन बनाएको भनेर प्रश्न गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘त्यहाँ मेडिकल कलेज चलाउने हो भने अट्छ, क्याम्पस चलाउने हो भने दुईवटा चलाउन सकिन्छ। तर महालेखा परीक्षक हिसाब हेर्ने होइन बरु हिसाब नगरी त्यत्रो पैसा लगानी गरेर भवन बनाउने हो ? यो गलत हो भन्छ ।’ 

उहाँले महालेखाले सरकारले कुन काम गर्छ भनेर हेर्न नभई हिसाब गर्नेमात्र भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले कुन काम गर्छ ? कुन योजना बनाउछ, कसरी विकास गर्छ ? भन्ने महालेखा परीक्षकको काम होइन, हिसाबमात्र हेर्ने काम हो । पण्डित त हिसाब हेर्न छोडेर एमालेकाविरुद्ध पछिपछि पो लागेछन् । यो भन्दा अघि पनि त्यसै गरेका छन् । एमालेविरोधी तत्त्व जसरी हुन्छ एमालेको बदनाम र विरोध गर्छ ।’