अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई


काठमाडौँ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ।    

उहाँले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उँचो बनाएको र क्रिकेट खेल प्रेमीहरूलाई खुसी तुल्याएको जनाउनुभएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ।   

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको थियो ।