अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ को लागि आवेदन खुला

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ को लागि आवेदन खुला


काठमाडौँ-मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ को लागि आवेदन खुला गरेको छ।

मदन भण्डारी फाउण्डेशनले अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै सामाज परिवर्तन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई  दुईवटा राष्ट्रिय पुरस्कारहरु प्रदान गर्नका लागि आवेदन खुला गरेको हो।

फाउण्डेशनले  वि.सं. २०६८ सालदेखि जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेअनुरुप सामाजिक न्याय, समविकास, पर्यावरण संरक्षण, आर्थिक समृद्धी, विभेदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नविन प्रयोग गरी समाजमा महन्वपूर्ण योगदान पुयाउनुभएका व्यक्तित्वको पहिचान, सम्मान र प्रोत्साहन गर्न हरेक वर्ष जननेता मदन भण्डारीको नाममा स्थापीत गरेको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म, विभिन्न नौं विधामा यो पुरस्कार प्रदान गरिसकेको छ।

जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको सन्दर्भमा निम्न क्षेत्रमा पुरस्कार प्रदान गर्नेछ:

  • मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ : आधुनिक चिकित्सा प्रविधिको प्रयोगका माध्यमबाट नेपाली भूमिमा रही नयाँ र लाभदायी शल्यक्रिया प्रविधिको विकास, अङ्ग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजोसंग सम्बन्धी समस्याहरू, जन्मजात अपांगताको उपचार र महिलाहरुको पाठेघर खस्ने जस्ता समस्याहरुको उपचार व्यवस्थापन) तथा अन्य जटिल र सम्वेदनशील क्षेत्रको उपचारमा योगदान पुर्याएको तथा सो सेवाको संस्थागत विकासका साथै देशका दुर्गम स्थान र समुदायकेन्द्रीत, गरीब, असहाय र सेवाबाट वञ्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलेका व्यक्तित्वलाई प्रदान गर्ने ।
  • मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार : राष्ट्रिय खेलकुद परिषद्, नेपालद्वारा मान्यता प्राप्त खेलकुदका विविध विधा र क्षेत्रका गतिविधिहरुमा १० वर्षदेखि लगनशील र समर्पित ढंगले क्रियाशील रही सफलताका मानकहरु कायम गरेर नयाँ पुस्ताकाबिच खेल क्षेत्रको ज्ञान सिपको प्रचार तथा नेतृत्व हस्तान्तरणका माध्यमबाट नयाँ पुस्ता तयार गर्ने अभियानमा योगदान दिँदै समाज परिवर्तन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्तित्वलाई प्रदान गर्ने ।

प्रत्येक पुरस्कारको राशी रु.१,००,०००/- (अक्षरेपी एक लाख) रहेको छ । पुरस्कार जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४ ) को कार्यक्रममा हस्तान्तरण गरिनेछ ।

पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा उपयुक्त व्यक्तिले फाउण्डेशनले उपलब्ध गराएको आवेदन फाराम भरी व्यक्ति स्वयमले आवेदन दिन सकिनेछ । 

फारम वेवसाइट www.mbf.org मा उपलब्ध छ ।