काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्नुभएको छ।
सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीलाई निलम्बन गर्नुभएको हो ।
प्रतिनिधि सभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयको सूचना पाटीमा निलम्बन सम्बन्धी सूचना टाँस गरिएको छ ।
प्रहरीले दुई दिनअघि कोइरी अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा फरार रहेको पत्र संसद सचिवालयमा पठाएको थियो ।
सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्या आरोपमा जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।






प्रतिक्रिया