अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटरब्याज समस्या सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

मिटरब्याज समस्या सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय


काठमाडौं – सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ।

 मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार नै राष्ट्रपति समक्ष मिटरब्याज पीडितको समस्या समाधान गर्न अध्यादेश पठाउने निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको जानकारी दिनुभयो।  

उहाँले भन्नुभयो, ‘‘मिटरब्याजसँग सम्बन्धित समस्या जुन छ, त्यो समस्यालाएई छिटो भन्दा छिटो समाधान गर्नको निम्ति कानुनी व्यवस्था गर्नको निम्ति मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ । आज अध्यादेश पठाउने काम हुन्छ ।’’

रेशम चौधरी लगायतका कैदीबन्दी रिहाईको विषय ऐन संशोधन गरेर मात्रै हुने बताउनुभयो। नेपाल ऐनलगायत केही ऐन संशोधन गर्ने विषयका बारेमा छलफल भएको जानकारी दिनुभयो ।