अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला हिमपहिरो अपडेट: पाँच जना पुरिए, सात सकुशल उद्धार

दार्चुला हिमपहिरो अपडेट: पाँच जना पुरिए, सात सकुशल उद्धार


दार्चुला – जिल्लाको व्याँस गाउँपालिका-१ भोमिनको हिमपहिरोमा ५ जना पुरिएका छन् ।

१२ जनामध्ये ७ जना सकुशल रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यार्सा संकलन गर्ने १२ जनाको समूह एउटै पालमुनि बस्दै आएका रहेछन्। हिमपहिरो आउनेबित्तिकै ७ जना भाग्न सफल भएका छन् । ५ जना पुरिएको घटनास्थल पुगेको उद्धार टोलीले जानकारी दिएको छ । पुरिएकामा ४ महिला र १ पुरुष छन् ।

पुरिएकाहरुको उद्धार जारी छ । पुरिनेमा तीन जना कैलालीको बुडर र २ जना दुहु गाउँपालिका पोक्सेका रहेका छन् । सँगै रहेका दुईजना सामान्य घाइते अवस्थामा उद्धार गरिएको सितापुल प्रहरी चौकीका असई प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

आज दिउँसो हिमपहिरो गएको खबरपछि सितापुल प्रहरी चौकीबाट प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा करिब ३० जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो ।