अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ-हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागमा चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।