अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक सय ३९ वर्षपछि बुद्ध पूर्णिमामा उपछायाँ चन्द्रग्रहण लाग्दै

एक सय ३९ वर्षपछि बुद्ध पूर्णिमामा उपछायाँ चन्द्रग्रहण लाग्दै


काठमाडौं-चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण वैशाख २२ गते लाग्दैछ । यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो ।

यो चन्द्रग्रहण तुला राषी र स्वाती नक्षत्रमा लाग्दछ । वैशाख २२ गते राति ८ बजेर ४४ मिनेटदेखि सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अवधि ४ घन्टा पन्ध्र मिनेटको हुनेछ ।

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडिबाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिँदैन। यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छायाँ मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिँदैन।

Skip This