अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डाटा हराएपछि लोकसेवा आयोगले माग्यो पुनः आवेदन

डाटा हराएपछि लोकसेवा आयोगले माग्यो पुनः आवेदन


काठमाडौं-लोकसेवा आयोगले डाटा रिकभर हुने र नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको हो ।

पूर्व प्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उमेदवारहरूले मात्रै आवेदन दिन सक्ने छन् । दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ ।

डाटा रिकभरी अनिश्चित रहेकाले जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसके नायोगको कार्यतालिका प्रभावित हुने आयोगको भनाइ छ । दरखास्त दिइ परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरूलाई समेत मर्का पर्ने भन्दै आयोगले मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनमा पुनः आवेदन माग गरेको हो ।

Skip This