अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाख २४ गतेदेखि बजेट अधिवेशन

वैशाख २४ गतेदेखि बजेट अधिवेशन


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो। बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।