अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुडानमा अलपत्र १९ नेपालीको उद्धार

सुडानमा अलपत्र १९ नेपालीको उद्धार


काठमाडौँ – सुडानमा अलपत्र नेपाली रहेका मध्ये १९ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूलाई नेपाल फिर्ता ल्याइँदै छ।

पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए।

जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ।

नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट जेद्दा ल्याउने प्रयास भइरहेको छ। बाँकी ३ जना पोर्ट सुडानको होटलमा रहेका र अरू दुई जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमास्थित सुरक्षित स्थानमा राखेको छ।