अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिप र मोटरसाइकल ठोकिँदा पाँच जना घाइते

जिप र मोटरसाइकल ठोकिँदा पाँच जना घाइते


सल्यान – तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा जिप र मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका छन्।

शुक्रबार बिहान सल्यानको कपुरकोटबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ त ३२१ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको रा ८ प १६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-९ का ३८ वर्षीय मेघराज योगी, जिपमा सवार तलसीपुर उपमहानगरपालिका-३ राम्रीका १७ वर्षीया शारदा केसी, सोही ठाउँका १० वर्षीय तेजबहादुर खत्री, जिपचालक सल्यान कपुरकोट गाउँपालिका-५ सलामका १९ वर्षीय जोगेन्द्र बलामी मगर, सहचालक सोही ठाउँका १७ वर्षीय रबिन पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो।

Skip This