अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बूढीगण्डकी बाढीबाट प्रभावित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढीबाट प्रभावित ३६ जनाको उद्धार


काठमाडौं-बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौज परिचालन गरी उनीहरूको उद्धार गरेको हो।

नेपाली सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको छ। त्यस्तै, यारु क्षेत्रबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।