काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा सरकारको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ।
आइतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले सो प्रश्न गर्नुभएको हो। आफूले र आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई तलमाथि नगर्ने प्रष्टयाउँदै अध्यक्ष ओलीले सो प्रकरणमा एमालेलाई फसाउने षडयन्त्र गर्न खोजिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसभित्र कुन–कुन तत्व प्रवेश गरेको छ, सरकारले खोजी गरोस् । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा एमाले तलमाथि गर्दैन ।’
मैले त भनेको छु ‘कडाइका साथ छानविन गर्नुस्, कारबाही गर्नुस्’ उहाँले भन्नुभयो । निश्पक्ष छानविनमा एमाले सहयोग गर्न तयार रहेको तर एमालेलाई अनावश्यक आरोप लगाएर घचेट्न खोजिए सह्य नहुने उहाँले चेतावनी दिनुभयो । देशको राजनीति विग्रदैगएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले सरकारको काम जनताको पक्षमा हुन नसकेको आरोप लगाउनुभयो ।






प्रतिक्रिया