अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा रमेश गिरी चयन

क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा रमेश गिरी चयन


भक्तपुर-भक्तपुरमा आज सम्पन्न क्रियाशील पत्रकार मञ्चको १६औँ वार्षिक साधारण सभा तथा छैटौँ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन भएका छन्। मञ्चको सदस्यहरुमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन भए।

अध्यक्ष गिरीले क्रियासिल रहेका पत्रकारहरुको साझा संगठनको रुपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरुको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताए।