अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भैरहवाबाट काठमाडौ उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो  

भैरहवाबाट काठमाडौ उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो  


काठमाडौँ-भैरहवाको गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरि भैरहवा फर्किएको छ ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको काठमाडौँ आउँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै भैरहवा फर्किएको हो ।

भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाडौँतर्फ उडेको बताइएको छ । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको जनाइएको छ ।