अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिका र चीनका राजदूतबीच भेटवार्ता

अमेरिका र चीनका राजदूतबीच भेटवार्ता


काठमाडौं – संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र छिमेकी राष्ट्र चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। 

उहाँहरूबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो। भेटमा नेपाललाई विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको राजदूत सोङले बताउनुभयो ।

‘हामीले नेपाललाई विकास गर्न कसरी मद्दत गर्ने भनेर टिपोटहरू तुलना गर्यौं,’ उहाँले भेटपछि तस्बिर सेयर गर्दै भन्नुभएको छ ।