अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार


काठमाडौँ-बुढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेका गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत उक्त क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हवाई साधनबाट प्रभावित क्षेत्रमा तैनाथ गरिएको उनले बताएका छन्।

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

बाढीले प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा जोखिममा रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्न खोज तथा उद्धार कार्य जारी रहेको छ।