काठमाडौं – सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिव रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। जसमा अतिरिक्तमा रहेकादेखि दुर्गम र सुगम मिलाउन खोज्दा केही समय लागेको र सकेसम्म न्यायोचित तवरले सरुवा गरेको मन्त्रालयको दाबी छ।




प्रतिक्रिया