अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बूढीगण्डकीको बाढी आरूघाट पुग्यो, स्थानीयलाई सतर्क रहन आग्रह

बूढीगण्डकीको बाढी आरूघाट पुग्यो, स्थानीयलाई सतर्क रहन आग्रह


गोरखा-गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढी आरूघाट बजारसम्म पुगेको छ। बाढीको जोखिम बढेपछि आरूघाट बजार खाली गराइएको छ भने प्रहरीले स्थानीयलाई सतर्क रहन माइकिङ गरिरहेको छ।

बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। त्यस्तै, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।

उनका अनुसार चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। आज बिहान करिब ४ बजे बाढी ती गाउँमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।

बाढी आरूघाटसम्म आइपुगेपछि बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रहरीले माइकिङमार्फत सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा नबस्न सचेत गराइरहेको छ।