अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र क्षेत्रलाई राज्यले सघाउनु पर्छ: भीम रावल

चलचित्र क्षेत्रलाई राज्यले सघाउनु पर्छ: भीम रावल


काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले  मनोरञ्जन जनताको  अधिकार रहेको बताउनुभएको छ। मङ्गलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताउनुभयो।

“चलचित्र सफ्ट पावरको महत्वपूर्ण अङ्ग  हो । अन्य देशमा चलचित्रको माध्यमबाट धारणा निर्माण हुने गरेको छ। हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ । यस्तो हुनु सफ्ट पावरलाई समाप्त पार्नु हो”, नेता रावलले भन्नुभयो, “साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ।”

चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने सन्दर्भ चलचित्रमार्फत उठान गरेको बताउनुभयो । “हामीलाई सहयोग गर्ने विषयमा नै सास्ती भोगिरहेका छौँ। पछि हट्दैनौँ बरु अदालत जान्छौँ”, उहाँले भन्नुभयो।

चलचित्रमा निर्देशक खड्कासँगै सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बू, पुष्पा श्रेष्ठ, रवि शाह लगयतका कलाकारले अभिनय गर्नुभएको छ।

निर्माणमा असफल र निर्देशनमा सफल भए: निर्देशक रिनाशा राई राणा

नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बन्नुभएकी रिनाशा राई राणा निर्देशित पहिलो चलचित्र ‘इन्टू मिन्टू लन्डनमा’ व्यावसायिक रूपमा सफल भयो । यद्यपि उहाँ निर्देशित दोस्रो चलचित्र ‘ज्याकी स् आई एम ट्वान्टी वान’ को व्यापार निकै न्यून छ। गत वैशाख २१ देखि प्रदर्शनरत चलचित्र व्यावसायिक रूपमा असफल भएको निर्देशक राणाले नै अन्तर्वार्तामा स्वीकार गर्नुभएको छ।

“चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ। यद्यपि व्यापारिक रूपमा सफल हुन् सकेका छैनौँ । तर दर्शककै सिफारिसमा चलचित्र भवनमा भीड बढ्ने विश्वास छ”, निर्देशक राणाले भन्नुभयो । उहाँ चलचित्रभन्दा बाहिरको मान्छेबाट समेत सकारात्मक प्रतिक्रया पाइरहँदा दर्शकको उपस्थिति नहुँदा आश्चर्य चकित हुनुहुन्छ । उहाँले पहिलो चलचित्रले व्यापारिक रूपमा मुनाफा दिएता पनि निर्देशकलाई सन्तुष्ट पार्ने दोस्रो चलचित्र रहेको बताउनुभयो ।  यद्यपि ‘ज्याकी स् आई एम ट्वान्टी वान’ समीक्षा पनि राम्रो पाएको छैन । “चलचित्र आइरहेको भन्दा फरक छ। दर्शकलाई नयाँपन मन पर्छ भन्नेमा विश्वस्त थियौँ । अहिले समय ठीक भएन कि भन्ने पनि लागिरहेको छ”, निर्देशक राणाले भन्नुभयो । चलचित्रमा आफ्नो पात्रका लागि कलाकारद्वय धिरज मगर र जसिता गुरुङले दुई वर्ष नृत्यको प्रशिक्षण लिनुभयो।

“चलचित्र भवनमा आइपुग्नुभएका दर्शकले मेहनत बुझ्नुभएको छ । यद्यपि दर्शकको भीड नदेखिँदा दुःख भने लागेको छ”, अभिनेता मगरले भन्नुभयो । यद्यपि उहाँ नेपालको नृत्यमा आधारित चलचित्रका रूपमा परिचित भएकामा सन्तुष्ट हुनुहुन्छ।

अभिनेत्री गुरुङले नयाँ विषयलाई दर्शकसम्म पु¥याउँदा यस्तो भएको हुन् सक्ने बताउनुभयो। “एउटा पात्रलाई जीवन्त बनाउन हामीले गरेको मेहनत हेर्न दर्शक नआउँदा दुःख त लागेको छ । नेपाली चलचित्रमै परम्परागतभन्दा फरक रहेको यो निर्माण भएको छ”, अभिनेत्री गुरुङले भन्नुभयो। चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डङ्गोल, राजु भुजु, सुजता राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ।

Skip This