अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाँण पक्राउ परेपछि मोबाइल अफ गरेर मञ्जु खाँण सम्पर्कविहीन

खाँण पक्राउ परेपछि मोबाइल अफ गरेर मञ्जु खाँण सम्पर्कविहीन


काठमाडौं – पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उहाँकी पत्नी  एवं कांग्रेस नेत्री मञ्जु खाँण सम्पर्कविहीन हुनुभएको छ। मञ्जुले मोबाइल अफ गरेर सम्पर्कविहीन भएको प्रहरी स्रोतले जानकारी दियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा उहाँका पति एवं पूर्वगृहमन्त्री खाँड बुधबार बिहानै पक्राउ पर्नुभएको थियो। यस प्रकरणमा पक्राउ पर्नेमध्ये खाँण सबैभन्दा शीर्षस्थ व्यक्ति हुन् ।

उहाँका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित कुल १२ जना पक्राउ परिसकेका छन्।

गिरोहका सदस्यले बालकृष्णपत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ। सो अडियोमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई समेत २ करोड बुझाएको दाबी गरिएको छ।

Skip This