काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति शीर्ष नेताबीच भएको बताउनु भएको छ।
सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटपछि प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।
‘हाम्रो भेटघाट मिडियामा आए जस्तो होइन। सदनलाई कसरी अघि बढाउने भन्ने कुरामा विस्तृत कुरा भयो। संसदीय समिति कसरी बनाउने आदिमा कुरा भयो’, उहाँले भन्नुभयो, ‘तर तपाईंहरुले भने जस्तो शंका गर्ने ठाउँ छैन।’
उहाँले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको बताउनु भयो । ‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ प्रहरीलाई ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा आशङ्का गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि विधान अनुसार, नियमपद्दतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ । हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ ।’




प्रतिक्रिया