काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई निलम्बन गर्न माग गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व गृहमन्त्री खाणलाई प्रहरीले आज बिहान पक्राउ गरेको थियो।
शिवाकोटीले भन्नुभयो, ‘पक्राउ परेका बालकृष्ण खाणलाई पनि पार्टीले तत्काल निलम्बन गरोस्, भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न। भ्रष्टाचारमा नेता, नाता, प्रभाव र दबाबको प्रतिकार गरौं ।’






प्रतिक्रिया